नियम १८१
धरौटी रकमको बैड्ढ हिसाब मिलान गर्ने
(१) बैड्ढबाट धरौटी खाताको स्टेटमेण्ट प्राप्त गरी स्रेस्ता बा“की रकम र बैड्ढ बा“की रकम मासिक रुपमा भिडाई हिसाब मिलान गर्नु पर्नेछ ।
(२) धरौटी स्रेस्तामा आम्दानी जनिएको तर बैड्ढ मौज्दात कम भएको धरौटी हिसाब सम्बन्धमा सचिवले कसको लापरवाहीबाट त्यस्तो हुन गएको हो छानबिन गरी त्यस्तो लापरवाही गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरी असूल उपर गर्नु पर्नेछ ।
(३) धरौटी स्रेस्तामा आम्दानी नजनिएको तर बैड्ढ खातामा जम्मा भएको रकमको सम्बन्धमा सम्बन्धित व्यक्तिबाट रकम दाखिला भएको नब्बे दिनभित्र दाखिला प्रमाण पेश हुन नआएमा त्यस्तो रकम नियम १७५ बमोजिम आम्दानी गरी स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ ।